रत्ननगर,मंसिर २९ ।
रेष्टुरेन्ट एण्ड बार एशोसियसन(रेवान)सौराहाको अध्यक्ष नरेश गिरी चयन भएका छन् । मंगलबार सौराहामा सम्पन्न १५औं बार्षिक साधारण सभा तथा आठौं अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा अर्जुन चौधरी,द्धितीय उपाध्यक्ष कपिल रेग्मी,तृतीय उपाध्यक्ष कृष्ण भट्ट, महासचिव सुर्य बहादुर रिमाल, सचिव शम्भू माली, कोषाध्यक्ष गोपीकृष्ण विडारी, सहकोषाध्यक्ष राजेशकुमार तामाङ चयन भएका छन् । सदस्यहरुमा कुमार जोशी, बीरबहादुर तामाङ, देवकला भट्टराई, पुरुषोत्तम लामिछाने, अम्बिका कँडेल भट्ट, धर्मराज न्यौपाने, शालिकराम रिजाल, रामकुमार गुरौं चयन भएका छन । अधिवेशनले लेखा समितिको संयोजकमा रमेश अधिकारीलाई चयन गरेको छ ।
अधिवेशनले ध्रुव गिरीलाई सौराहा फुडफेष्टिवलको संयोजक,नविन नेपाललाई सहसंयोजक र कलाकार संयोजकमा राजेश कुमार तामाङलाई चयन गरेको छ । निर्वाचन समितिका संयोजक तथा संस्थापक अध्यक्ष बलराम दाहालले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।
रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा मेयर नारायण वन,रेवानका केन्द्रीय अध्यक्ष अरनिकोराज भण्डारी, रत्ननगर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष शंकर गिरी,केन्द्रीय उपाध्यक्ष गोकर्ण गिरी,वडा नं ६ का वडाध्यक्ष बलराम दाहाल,वडा नं ७ का वडाध्यक्ष राजन भट्ट,सौराहा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामकुमार अर्याल,रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी,रेवानका महासचिव कृष्ण भट्ट लगायतले मन्तव्य राखेका थिए ।