अनेरास्ववियु पोलिटेक्निक क्याम्पस अध्यक्षमा लोकराज चौलागाई

चितवन, पुस ६ । एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियूले जिल्लाका क्याम्पसमा कमिटीहरुको अधिवेशन सुरु गरेको छ ।

लामो समयदेखि अधिवेशन हुन नसकेका जिल्लाका क्याम्पस तथा उच्च माविहरुमा अधिवेशन तथा कमिटी गठन थालिएको हो । अनेरास्ववियु पोलिटेक्निक क्याम्पस,भोजाडको अध्यक्षमा लोकराज चौलागाई चयन भएका छन् ।

आज (मंगलवार) सम्पन्न सातौं क्याम्पस सम्मेलनले चौलागाई, उपाध्यक्षमा युवराज रोकाया, सचिवमा अमित गौतम, सहसचिवमा प्रशान्त घिमिरे, केशव रोकाया, सम्पन्न गिरी र कोषाध्यक्षमा भावना डिसीसहित ३९ सदस्यीय क्यम्पस कमिटी गठन गरिएको छ । अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्टको प्रमुख आतिथ्यतामा भएको सो सम्मेलनमा अनेरास्ववियुका सचिवालय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, जिल्ला नेता अमित गुप्ता, अमित आचार्य र सचेत सुवेदीको उपस्थिती रहेको थियो ।

अनेरास्ववियुले पुस ७ गते बुधवार बीरेन्द्र क्याम्पस,८ गते विहिवार सप्तगण्डकी क्याम्पस, पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.