पुस ८ । लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ । यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्नेगरी आयोगले प्रस्ताव गरेको हो ।
राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्नसक्छ । आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्नसक्ने संवैधानिक प्रावधान छ ।
आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रूसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ । एजेन्सी