सेन्ट्रल जोन भलिबल: श्रीलंकामाथि नेपालको रोमाञ्चक जित

पुस ८ । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपअन्तर्गत बिहीबारको खेलमा जित हात पार्दै नेपालले विजयी सुरुवात गरेको छ ।

बंगलादेशको ढाकामा महिलातर्फको साविक विजेता नेपालले दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै श्रीलंकामाथि ३-२ सेटको रोमाञ्चक जित हात पारेको हो ।

सुरुवाती दुई सेट २५-१९ र २५-२१ ले गुमाएको नेपालले त्यसपछिका तीन सेट २५-१५, २५-१९ र १५-१३ ले आफ्नो पक्षमा पर्दै पुनरागमन जित हात पारेको हो

यस्तै, नेपाली पुरुष टोलीले आजै आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल साँझ पौने पाँच बजे सुरु हुनेछ । नेपाली पुरुष टोली पनि जितका साथ प्रतियोगिताको सुरुवात गर्ने प्रयासमा छ ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले सहभागिता जनाएका छन् ।

सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.