कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बस्दै

काठमाडौं, पुस ८ । १४ औं महाधिवेशनबाट निर्वाचित भएपछि कांग्रेसको पहिलो केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ ।

आज कार्यसमिति सबै सदस्यको नतिजा आएपछि शुक्रबार प्रमाणपत्र वितरण हुने र शनिबार केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।

बैठक शनिबार ११ बजे बस्नेछ । केन्द्रीय समितिको बैठक अघि सभापतिसहितका पदाधिकारीलाई प्रमाणपत्र दिने कार्यक्रम छ । सभापति देउवाले शुक्रबार नै पदभार ग्रहण गर्नेछन् ।

१० गतेसम्म नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिनुपर्ने भएकोले छिट्टै बैठक बस्नुपर्ने दबाब रहेको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय समितिमा नयाँ कार्यसमिति आएपछि पहिलो बैठक बस्ने र नयाँ कार्यसमितिसहितको जानकारी आयोगमा कांग्रेसको तर्फबाट गराउनुपर्ने जानकारी शर्माले दिए ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.