चितवन, पुस ८ । एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सप्तगण्डकी बहुमुखी क्याम्पस कमिटीको २४ औं सम्मेलनबाट अध्यक्षमा महेश सापकोटा चयन भएका छन् ।
क्याम्पस हलमा आज बिहीवार भएको सम्मेलनले ५४ सदस्यीय नयाँ कार्य कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा दिपेन्द्र पराजुली, सचिवमा सुनिल लम्साल, सहसचिवमा गोकुल पाण्डे, प्रकाश सिल्वाल, समुन्द्र घिमिरे र कोषाध्यक्षमा राजन लामिछानेलाई चयन गरेको छ ।
एमाले केन्द्रीय सदस्य जेएन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियुका उपाध्यक्ष निशा अधिकारी, स्थायी कमिटी सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्ट, केन्द्रीय सदस्य देव पाठक, जिल्ला अध्यक्ष प्रकाश आचार्य, अनेरास्ववियु पुर्व केन्द्रिय सदस्य ऋषिकेश रेग्मी, अश्विन घिमिरे लगायतको उपस्थिती रहेको थियो ।
अनेरास्ववियुले पुस ९ गते शुक्रवार सहिद स्मृती टाँडीको अधिवेशन गर्ने जनाएको छ । यसअघि पुस ६ गते पोलिटेक्निक कलेज र पुस ७ गते बिरेन्द्र बहुमुखी क्याम्पसको अधिवेशन सम्पन्न भैसकेको छ । कार्यक्रम निवर्तमान अध्यक्ष हरि आचार्यको अध्यक्षतामा भएको थियो ।