काठमाडौं, पुस ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएकाछन्।
माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए। “युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्”, उनले भने। परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताए।
“अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ”, उनले भने, “जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ।” इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा नेकपा मसाल ९सम्पर्क केन्द्र०का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए। जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकाङ्क्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे।
त्यसअघि अध्यक्ष दाहाल र संयोजक लम्सालले दुवै पार्टीबीच एकता सम्पन्न भएको घोषणा गरेका थिए। सम्पर्क केन्द्रको हाल ३९ जिल्लामा सङ्गठन तथा ६ जिल्लामा सम्पर्क कार्यालय रहेको सो अवसरमा संयोजक लम्सालले जानकारी गराएका थिए। रासस कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ: अध्यक्ष दाहाल
काठमाडौं, पुस ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएकाछन्।
माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच भएको एकतापछि आज राजधानीमा आजोजित एकतासभामा अध्यक्ष दाहालले प्रतिक्रियावादीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने प्रयास गरिरहेको आरोप लगाए। “युद्ध र आन्दोलनबाट परास्त भएका तत्व र प्रतिगमनकारीले गणतन्त्रलाई उल्टयाउने षडयन्त्र गरिरहेका छन्”, उनले भने। परिवर्तनका पक्षधर, क्रान्तिकारी र वामपन्थी शक्ति एकताबद्ध भएर अगाडि जाने गरी मोर्चाबन्दी हुँदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको बलिदानबाट प्राप्त उपलब्धि कुनै पनि हालतमा उल्टिन नदिइने बताए।
“अहिले पनि ढुक्क हुने अवस्था छैन, षडयन्त्र जारी छ”, उनले भने, “जनता र राष्ट्रका पक्षधर, क्रान्तिकारी शक्तिले एकजुट भएर प्रतिवाद गर्न जरुरी छ।” इमान्दार कम्युनिष्ट बीचको बलियो एकताले नै प्रतिक्रान्ति विरोधी आन्दोनलको नेतृत्वको भूमिका खेल्न सक्ने उनको भनाइ थियो।
कार्यक्रममा नेकपा मसाल ९सम्पर्क केन्द्र०का संयोजक लोकेन्द्र लम्सालले वैज्ञानिक समाजवाद स्थापना गर्न आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकताबद्ध भएको बताए। जनपक्षीय शक्ति अलगअलग भएर जनताको अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले जनकाङ्क्षा पूरा गर्न माओवादी विचार र नेतृत्वबाट मात्र सम्भव भएकाले आफूहरु एकता प्रक्रियामा आएको उल्लेख गरे।
त्यसअघि अध्यक्ष दाहाल र संयोजक लम्सालले दुवै पार्टीबीच एकता सम्पन्न भएको घोषणा गरेका थिए। सम्पर्क केन्द्रको हाल ३९ जिल्लामा सङ्गठन तथा ६ जिल्लामा सम्पर्क कार्यालय रहेको सो अवसरमा संयोजक लम्सालले जानकारी गराएका थिए। रासस