चितवन, पुस ९ । पढाई संगसंगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अब्बल बनाउने उद्देश्यले भरतपुर१२, चितवन स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलले समाचार वाचन प्रतियोगिता कार्यक्रमको आयोजना गरेको छ ।
रेडियो तथा टेलिभिजनमा समाचार वाचकले झै नेपाली अनि अङ्ग्रेजी भाषामा २८ जना विद्यार्थीहरुले समाचार वाचन गरेका थिए । विद्यालयकि अतिरिक्त क्रियाकलाप संयोजक प्रतीक्षा पन्तको संयोजकत्वमा आयोजित सो प्रतियोगितामा सञ्चारकर्मीद्वय मनोज पन्त र करिश्मा थापा निर्णायकको भूमिकामा रहेका थिए ।
सोही विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने छात्रा बिदुषी कार्कीले सन्चालन गरेको उक्त प्रतियोगितामा प्रिया सिलवाल प्रथम, नबिना सिलवाल दोस्रो, सगुन सिग्देल तृतीय र मनिषा थापा सान्त्वना भएका थिए । बिजेता विद्यार्थीहरुलाई विद्यालयकी प्राचार्य इन्दिरा कार्कीले ट्रफी, मेडल अनि प्रमाणपत्र प्रदान गरेकी थिईन ।