अनेरास्ववियु शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा चयन

चितवन, पुस ९ । नेकपा एमाले निकटको अनेरास्ववियु शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका छन् ।

क्याम्पसमा शुक्रबार भएको सम्मेलनले ५१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अनिस खनाल, सचिवमा ऋषि मिश्र, सह-सचिवमा सिमान्त थपलिया, चिरञ्जीवी ढुङ्गाना, सबिना अधिकारी र कोषाध्यक्षमा नितिन बस्नेत चयन भएका छन् ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा शिक्षा विभाग उप-प्रमुख जे.एन थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ने.क.पा. एमाले रत्ननगर कमिटिका अध्यक्ष तथा जिल्ला सदस्य ईश्वरी प्रसाद अर्याल, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य प्रकाश भट्ट, अनेरास्ववियुका जिल्ला नेता अमित गुप्ता, रत्ननगर नगरपालिकाको वडा नम्बर १५ का अध्यक्ष, पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष, युवा संघ चितवनका सह-संयोजक आशिक तामाङ, पूर्व अध्यक्ष तथा कलेज इन्चार्ज सन्तोष ढुङ्गाना, निर्बतमान अध्यक्ष सरोज तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.