माओवादीको आज हुने आठौं महाधिवेशनको उद्धाटन समारोहमा ११ दललाई निम्तो

काठमाडौं, पुस ११ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को आजबाट सुरु हुने आठौं महाधिवेशनको दिउँसो ३ बजे उद्धघाटन हुँदैछ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रज्ञा भवन कमलादीमा महाधिवेशनको उद्घाटन गर्दैछन् ।

माओवादीको राष्ट्रिय आठौं सम्मलेनलाई आठौं महाधिवेशनमा रुपान्तरण गरेपछि उद्घाटन समारोहमा विभिन्न ११ राजनीतिक दलका नेताहरुलाई निम्तो दिने माओवादीले जनाएको छ ।

माओवादी केन्द्रले यसअघि राष्ट्रिय सम्मलेनमा पाहुना नबोलाउने निर्णय गरिएको भएपनि महाधिवेशनमा रुपान्तरण हुने भएपछि पाहुना बोलाउने भएको हो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.