आइतबार डलरको भाउ स्थिर

पुस ११ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको भाउ स्थिर रहेको छ । शनिबार खरिददर ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा रहेको डलरको भाउ आज पनि त्यति नै छ ।

यसैगरी युरो एकको खरिददर १३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा कायमै रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३९ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.