पुस १२ । डीटीएच तथा फाइबर इन्टरनेट सेवाप्रदायक डिशहोमले सन् २०२० देखि इन्टरनेट सेवा सञ्चालन गरेको छ । देशव्यापी रूपमा उच्च गतिको इन्टरनेट सेवा दिने योजनासहित कम्पनीले हाल मुख्य सहरहरूमा फाइबरनेट विस्तार गरिरहेको छ ।
कम्पनीले ‘डिशहोम फाइबरनेट’ का साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित ग्राहकका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम ‘गो एप’ र ‘एक्स भीओडी’ जस्ता विभिन्न सुविधा उपलब्ध गराइरहेको जानकारी दिएको छ ।
कम्पनीले हालसम्म काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, पनौती, बर्दिबास, ढल्केबर, हेटौंडा, भरतपुर, कलैया, धरान, विराटनगर, दमक, बिर्तामोड, काकडभिट्टा, इटहरी र इनरूवामा सेवा विस्तार गरिसकेको जनाएको छ ।
त्यस्तै लाहान, जनकपुर, वीरगञ्ज, कलैया, नेपालगञ्ज, धनगढी, बुटवल, पोखरा, गैंडाकोटमा पनि फाइबरनेट विस्तार भएको छ । छिट्टै नेपालका प्रमुख सहरलगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार हुने कम्पनीले जनाएको छ ।