पार्टीले टिकट दिए वडा अध्यक्षमा उठ्छु : समुन्द्र खड्का


प्रकाशवावु खनाल , चितवन

स्थानीय निर्वाचनको माहोल तातिदो छ । आकांक्षीहरुले आफ्ना आकांक्षा राख्न थालेका छन् । पत्रकारहरुको प्रश्नमा रत्ननगर १४ का समुन्द्र खड्काले जनताले आफुलाई वडा–अध्यक्षमा उठ्न सुझाव दिएको बताए । यद्यपि यस वडामा अध्यक्षमा आकांक्षीहरु १ दर्जन भन्दा बढी छन् ।

कांग्रेसको गढ मानिए पनि घात अन्तरघातका कारणले विगत २ दशक देखि साविक पिठुवा कांग्रेसले गुमाएको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा पनि आकांक्षीहरुको मनमुटाव र अधिवेशनको प्रतिशोधका कारणले वडा नं. १४ को सदस्यमा कांग्रेसले जिते पनि अध्यक्षमा हार बेहोर्नु परेको थियो । नगर समिति, प्रदेश समिति, क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको हिसावले रत्ननगर१४ नेतै नेताले भरिएको वडा हो । तर नेताहरुको अदूर दृष्टि र गैर–जिम्मेवारीका कारणले रत्ननगर–१४ का कांग्रेसी जनता निराश छन् । वडा अधिवेशन देखि हाल टोल कार्य समिति चयन गर्दा समेत राम्रालाई भन्दा हाम्रालाई रोज्ने प्रवृत्ति एकाध देखिएको एक पुराना कांग्रेसले बताए । यसपटकको स्थानीय निर्वाचनमा पनि वडा नं. १४ बाट १ दर्जन भन्दा बढि आकांक्षी देखिएकाले गत स्पथानीय निर्वाचनको जस्तै परिणाम दोहोरिने हो कि भन्ने डर रहेको अर्का सकृय सदस्यले बताए । यस्तो अवस्थामा पार्टीले एक ईमान्दार कलंकरहित सिपाहीको रुपमा पार्टीले आफूलाई टिकट दिने कुरामा आफु ढुक्क रहेको खड्काले बताए । यसपटक सबैलाई समेटी कांग्रेसलाई जिताउन लाग्ने खड्काले बताए ।

को हुन् त खड्का ?
खड्का पिठुवाका पुराना समाजसेवी मिन बहादुर खड्काका छोरा हुन् । तत्कालीन राजपरिवारसँग सम्वन्ध भएका समुन्द्रका पिता मिनबहादुर असल, ईमान्दार सधैँ समाजको हित चाहने व्यक्तिको रुपमा चिनिन्थे । मिन बहादुरले विगतमा पिठुवाको सुकुम्वासी समस्या समाधानमा पनि ठुलो भूमिका निर्वाह गरेको पाका व्यक्तिहरुको भनाई छ । उनै मिन बहादुरका कान्छा छोरा समुन्द्र यसपटकको स्थानीय निर्वाचनमा वडा अध्यक्षको लागि तयारी गर्दै छन् । खड्का पार्टीका ईमान्दार सिपाहीको रुपमा चिनिन्छन् । सबैलाई योग्यता अनुसार समान अवसर दिनु पर्छ र पाउनु पर्छ भन्ने मान्यता राख्ने खड्का यस पटकको स्थानीय निर्वाचनमा कांग्रेसी जनताको अनुरोधलाई आत्मसात गर्दै वडा अध्यक्षको तयारीमा रहेको बताउँछन् । उनी यसभन्दा पहिले पनि पार्टीले जिम्मेवारी दिन खोज्दा समेत अरु साथीहरुलाई सिफारिस गर्दै आफु अरुको चित्त बुझाउन लागि पर्थे ।

राजनैतिक यात्रा
खड्का विद्यार्थी जीवनबाट नै नेविसंघको राजनीतिमा सकृय थिए । पिपुल्स क्याम्पस, शंकरदेव क्याम्पसमा अध्ययनरत रहदा उनी नेविसंघको राजनीतिमा अग्रणीय भुमिकामा रहन्थे । पदमा रहे पनि नरहे पनि पार्टीप्रतिको उनको लगाव कहिल्यै कम भएन । विना स्वार्थ, विना पद पार्टीमा खटिने व्यक्तिको रुपमा समेत चिनिन्छन् । कांग्रेसको १३ औ महाधिवेशनमा साथीहरुको अनुरोधलाई शिरोपर गर्दै उनी वडा कार्यसमितिको कोषाध्यक्षमा निर्वाचित थिए । पिठुवा खानेपानीको निर्वाचन पार्टीले बहिष्कार गर्दा भएको झडपमा उनी अग्र मोर्चामा पनि थिए । पार्टीलाई आवश्यक पर्दा अर्थ जुटाउन सधैँ उनी एक कदम अगाडि देखिन्छन्। जन–आन्दोलन २०६२/०६३ मा सकृय रुपमा भाग लिएका खड्का स्थानीय श्रोतसाधनलाई परिचालन गरी रोजगारीको श्रृजना मार्फत समाज समुन्नत र विकशित बनाउन सकिन्छ भन्ने मान्यता राख्छन् ।

सामाजिक सम्बन्ध
खेलकुद मार्फत युवाहरुलाई विभिन्न दुर्व्र्बेसन बाट बचाउँदै अनुसासनमा ल्याई स्वस्थ समाज निर्माणमा लाग्ने खड्का भलिवलका राष्टिय खेलाडी समेत हुन् । उनको घरका भित्ता भरि खेलकुद र समाजसेवाबाट प्राप्त गरेका प्रमाण पत्र, सम्मान पत्र र शिल्डहरु छन् । स्नातक सम्मको अध्यायन गरेका खड्का कार्य सम्पादनमा कुशल सावित छन् । दीन दुःखीलाई सहयोग गर्न उनी सर्धै अगाडि बढ्छन् । सामाजिक संस्था, मठ , मन्दिर, क्लव लगायतमा गहयोग गर्ने भावना भएका खड्का दानवीर सामाजिक अभियान्ताको रुपमा पनि चिनिन्छन् । १४ औ महाधिवेशनमा पनि उनी वडा सभापतिको रुपमा अघि बढेका थिए । पार्टीलाई दुर्घटनाबाट बचाउन सहमति गर्दै आफु सभापतिको दौडबाट पछि हटेको खड्का बताउँछन् । सामाजिक पृष्ठभूमि भएका खड्काले विपक्षीहरुको समेत मत खाने विश्लेषकहरु बताउँछन् । यस पटकको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको विश्वास र भरोशालाई साकार पार्न लागि पर्ने उनले बताए ।

बैदेशिक भ्रमण
खड्काले सिंगापुर, मलेसिया, म्यासिडोनिया, थाईल्याण्ड, भारत, रसिया, टर्की लगाएतका देशहरु भ्रमण गरिसकेका छन्, युवा व्यवसायीका रुपमा पनि स्थापित खड्का विदेश भ्रमणबाट त्यहाँका विकाशका अवधारण अनुसार आफ्नो क्षेत्रलाई पनि विकसित बनाउन सक्ने विश्वाश व्यक्त गर्छन् । युवा जोश जाँगरले खारिएका खड्का पार्टीले टिकट दिए वडा अध्यक्षको लागि आफु योग्य रहेको बताउँछन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.