मेयरको लागि अघि बढ्न जनमत पाएको छुः सूर्य अर्याल

प्रकाशवावु खनाल , चितवन
स्थानीय निर्वाचन नजिकिए सँगै एक पछि अर्को आकांक्षीले आफ्नो आकांक्षा व्यक्त गर्न थालेका छन् । रत्ननगरको मेयर पदको लागि आकांक्षा राख्ने मध्ये सूर्य अर्याल बलिया दावेदार मानिन्छन् । सोमवार पत्रकारहरुको जिज्ञासामा उनले मेयरको लागि आफ्नो उपस्थिति बलियो रहेको बताए । “आज सम्मको यात्रामा मैले जनता र पार्टीलाई नै आफ्नो घर परिवार मानेको छु ।” अर्याल भन्छन् “ जनताको सेवा बाहेक मेरो कुनै व्यक्तिगत उद्देश्य छैन ।” अर्याल हाल सम्म अविवाहित छन् । उनी चौविसै घण्टा जनताको सेवामा खटिन तयार रहन्छन् ।
को हुन् त अर्याल ?
२०३३ सालमा जन्मिएका अर्याल रत्ननगर १२ का स्थाई बासिन्दा हुन् । उनी निडर र हक्की स्वभाव भएका व्यक्ति हुन् । सामाजिक घटना तथा समस्यामा निकास र निर्णय गर्दा उनी आफ्नो अर्को नभनी न्यायको पक्षमा उभिने ईमान्दार व्यक्तिको रुपमा पनि स्थापित छन् । वाल्यकाल देखि नै नेतृत्वदायी क्षमता भएका उनी जुझारु थिए । प्रष्ट वक्ताको छवि बनाएका उनी तार्किक र बौद्धिक पनि छन् । हरेक विषय बस्तु र घटनाक्रमलाई शूक्ष्म ढङ्गले केलाउन सक्ने उनको खूबी छ । “लगातार २ पटक सम्म प्राविधिक रुपमा रत्ननगर एमालेले जिते पनि विकाशको मार्गमा जनताको मन जित्न सकेको छैन ।” अर्याल भन्छन् “ जनता सचेत भैसके यस पटक कम्युनिष्टहरुको ढाँटछल चल्दैन । ” उनी थप्छन् “यस पटक रत्ननगरकमा कांग्रेसलाई जिताउन जनताले संकल्प गरिसकेका छन् ।”
निष्ठाको राजनीति गर्ने अर्याल विद्यार्थी जीवनवाट नै सबैले आश गरेका सरल , ईमान्दार क्षमतावान व्यक्तिका रुपमा चिनिन्छन् । उनले स्नातक सम्मको अध्यायन पूरा गरेका छन् ।
के छ उन्को भिजन ?
रत्ननगरको विकाशको लागि सबै भन्दा पहिले समग्र रत्ननगरको डिपिआर तयार गर्ने । अव्यवहारिक दोहोरो करलाई व्यवहारिक बनाउने , भ्रष्ट्रचार विरुद्ध शून्य सहनशीलता अपनाउने । स्थानीय श्रोतसाधनको पहिचान र परिचालन गरी रोजगारीको श्रृजना गर्ने । राजनीतिलाई सेवामुखी बनाउने । पर्यावरणको संरक्षण गर्दै सौराहाको विकाश गर्दै लौरीघोल लगायत नयाँ नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्ने । सबै नगरवासीलाई बीमाको सुविधा र पहुँचमा ल्याउने । शिक्षा र स्वास्थ्यमा विशेष ध्यान दिदै सामुदायिक विद्यालयको स्तरउन्नति गरी प्राविधिक शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी वेरोजगार युवा शक्तिलाई स्वरोजगार बनाउने । प्राकृतिक सम्पतिको रुपमा रहेको कयर खोला , बुढी कुला , खगेरी खोलाको सम्मुचित व्यवस्थापन गर्ने । वैकल्पिक सिँचाई मार्फत कृषिमा आधुनिकीकरण गर्दै रत्ननगरलाई संमृद्ध बनाउने जस्ता उनको लक्ष्य रहेको छ ।
राजनैतिक यात्रा
अर्याल वाल्यकाल बाट नै राजनीतिमा सकृय थिए । २०४४ सालमा पञ्चकन्या मावी जयमंगलाको ईकाइ सहसचिव बाट राजनीतिमा प्रवेश गरेका उनी २०४६ सालमा नै ईकाइ सचिव भएका थिए । २०६२ सालबाट नेपाली कांग्रेसको कृयाशील सदस्य भएर संगठन निर्माणमा लागेका उनी विरेन्द्र बहुमुखी क्याम्पस भरतपुरका ईकाइ सदस्य पनि थिए । स्ववियु निर्वाचनमा आफ्नो नाममा निर्णय भए पनि आफ्नो नाम टिपेक्स लगाई मेटिए पछि असन्तुष्ट भई नेविसंघको राजनीतिबाट विश्राम लिई उनी पार्टी राजनीतिमा सकृय भएको बताउँछन् । तरुणदलको नगर सचिव भएर कार्य गरिसकेका उनी नगर सदस्य हुँदै २०६२ सालमा रत्ननगर १२ को वडा सभापतिमा निर्वाचित पनि हुन् । १३ औ महाधिवेसनमा जिल्ला सहसचिवमा निर्वाचित अर्याल १४ औ महाधिवेसनमा अध्याधिक मतका साथ जिल्ला सचिवमा निर्वाचित भएका थिए । स्मरण रहोस् हरेक पटकको आन्तरिक निर्वाचनमा उनले सर्वाधिक मतका साथ विजय हासिल गरेका छन् । विद्यार्थी जीवनमा धेरै पटक अनेरास्ववियु , क्रान्तिकारी जस्ता विपक्षीहरु सँगको झडपमा उनी घाइते भएका थिए । जनआन्दोलन २०६२–२०६३ मा सकृय सहभागी भएका अर्याल पार्टीले शाही निर्वाचन बहिष्कार गर्दा प्रहरीको गिरफ्तारीमा परी हिरासदमा समेत बसेका थिए । २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रत्ननगरको मेयरको लागि क्षेत्रबाट आफ्नो नाम एक नम्बरमा सिफरिस भएको उनी संम्झन्छन् ।
सामाजिक सम्बन्ध
अर्याल नेपाल रेडक्रसका आजीवन सदस्य एवम् रत्ननगरका पूर्व सचिव समेत हुन् । उनी पञ्चकन्या रेडक्रसका २ कार्यकाल सम्म सचिव समेत थिए । वागदेवी आधारभूत विद्यालयको व्यवस्थापन समितिमा रहेर कार्य गरेका उनी चलायमान व्यक्तिका रुपमा समेत चिनिन्छन् ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.