नेपाल शिक्षक संघ रत्ननगरको अध्यक्षमा दधिराम पौडेल

चितवन, मंसिर २५ । नेपाल शिक्षक संघ रत्ननगरको अध्यक्षमा दधिराम पौडेल चयन भएका छन् । संघको शनिबार भएको दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरेको हो ।

समितिको उपाध्यक्षमा ज्ञान प्रसाद पौडेल,महिला उपाध्यक्षमा सृजना पौडेल सुवेदी, सचिवमा धर्मराज चालिसे, बलराम दाहाल, सह सचिवमा हरि प्रसाद चापागाई, पूर्ण चौधरी, महिला सह सचिवमा रुपा रोकाहा, सह सचिव समावेशीमा विक्रम चौधरी र रिस्मा चौधरी चयन भएका छन् ।

अधिवेशनले खुल्ला सदस्यमा साबित्रा सापकोटा, ज्योति घिमिरे, भाजुराम महतो, सुस्मा सापकोटा, इन्दिरा अधिकारी चयन गरेको छ । त्यस्तै, वडा नम्बर १ को सदस्यमा शान्ति देवी शर्मा, वडा नम्बर २ मा शारदा देवी शर्मा, वडा नम्बर ७ मा बनुमाया मगर, वडा नम्बर ९ मा चन्दा आचार्य, वडा नम्बर १० मा पार्वती चापागाई,वडा नम्बर १२ मा झलक बहादुर अधिकारी, वडा नम्बर १३ मा रस्मिता तिवारी घिमिर र वडा नम्बर १४ मा सावित्री कोइराला चयन भएका छन् ।

रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ चितवनको महिला उपाध्यक्ष इन्दिरा मरहठ्ठा, रत्ननगरका नगर शिक्षा अधिकारी बद्रि प्रसाद भट्टराई, निर्वाचन कमिटी संयोजक हेरम्भ कुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संघका निर्वतमान अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.