
मंसिर २६ । विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा नयाँ बल प्रयोग हुने भएको छ ।
कतार फिफा विश्वकप फुटबलको सेमिफाइनल र फाइनलमा प्रयोग हुने नयाँ बल सार्वजनिक भएको हो । आइतबार मात्र एडिडास कम्पनीले सेमिफाइनल र फाइनलमा प्रयोग हुने बल सार्वजनिक गरेको हो ।
यो बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक भाषाको यो शब्दको अर्थ सपना भन्ने हुन्छ । यसअघि एडिडास कम्पनीले नै बनाएको ‘अल रिहला’ नामको बल प्रयोग हुँदै आएको थियो । नयाँ बलमासमेत अघिल्लो बलमा जस्तै सेन्सर प्रविधिको प्रयोग गरिएको छ ।
कतार विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरोक्को पुगेका छन् । सेमिफाइनलका दुई खेल मंगलबार र बुधबार हुनेछन् ।