काठमाडौं, मंसिर २६ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ ।

निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबारै सार्वजनिक गर्ने लक्ष्यका साथ तयारी गरिरहेको छ ।

उनले भने , “प्रतिनिधि सभा सदस्यको सूचीमा समस्या छैन । प्रदेश सभा सदस्यको समानुपातिकको सूची सच्याउन सोमबार अपरान्हसम्मको समय दिइएको छ । त्यसपछि आवश्यक निर्णय गरे र सूची सार्वजनिक गरिने छ ।” प्रवक्ता वाग्लेले सोमबारै समानुपातिकको सूची सार्वजनिक गर्न तयारी अपुग भएमा मङ्गलबार सार्वजनिक गरिने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार