सालको गोलियासहित तीन मोटरसाइकल चितवन प्रहरीको नियन्त्रणमा


रञ्जिता घिमिरे, चितवन, मंसिर २६ । चितवन प्रहरीले सालको गोलियासहित तीन मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । आज बिहान भरतपुर महानगरपालिका–११ भोजाडस्थित खगेरी पुल नजिकैबाट लुकाइछिपाइ पदमपुरतर्फ लैजाँदै गरेको काठ र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।

नवजागृती सामुदायिक वनबाट पदमपुरतर्फ लैजाँदै गरेको ना १६ प २०५७, ना ६ प २६४२ र ग ४प ५९४३ नम्बरको मोटरसाइकल र उक्त मोटरसाइकलमा राखेर लैजाँदै गरेको तीनवटा सालको गोलिया नियन्त्रणमा लिइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दियो । उहाँका अनुसार काठ तस्कर अस्थायी प्रहरीचौकी भोजाडबाट खटिएको टोलीलाई देखेपछि काठसहित मोटरसाइकल छाडेर भागेका थिए । काठ र काठ तस्करीमा प्रयोग भएको मोटरसाइकल जिल्ला प्रहरी कार्यालयमा लगेर थप अनुसन्धान गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.