
चितवन : चितवनमा पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालमा ३६ जना, चितवन मेडिकल कलेजमा ३ जना, बिपी कोईराला मेमोरियल क्यान्सर अस्पताल, माडी नगरपालिकामा १/१ जना र कालिका नगरपालिकामा २ गरी जिल्लामा थप ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै, चितवनमा पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना चितवनका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चितवनमा आईसीयूमा १६ जना, भेन्टिलेटरमा १ जना, एचडीयूमा १७ जना र जेनरल बेडमा १५ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।