
चितवन,कार्तिक १ १
चितवनमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २९५ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । हालसम्म चितवनमा २६ हजार ५८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ४२७ जनाले ज्यान गुमाएका छन् भने २५ हजार ८६० जना संक्रमणमुक्त भएका छन्।