
चितवन,कार्तिक १४
चितवनमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ। यससँगै चितवनमा सक्रिय संक्रमितको संख्या २८८ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
हालसम्म चितवनमा २६ हजार ६४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ४२७ जनाले ज्यान गुमाएका छन् भने २५ हजार ९२८ जना संक्रमणमुक्त भएका छन्।