कञ्चनपुर, माघ २९ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा आजदेखि बाघ गणना थालिएको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन् ।

त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले स्वचालित क्यामेराबाट बाघ गणना गरिने बताए । २१ दिनसम्म बाघ गणना कार्य गरिने महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार