कपिलवस्तु, चैत्र १२ । कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते भएका छन् ।

शुक्रवार साँझ अवलोकनकर्ता खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमप्रसाद रेग्मीले जानकारी दिए। घाइतेमध्ये तीनजनाको गम्भीर रहेको उनले बताए ।

घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्केका र सातजनाको कपिलवस्तुमै उपचार भइरहेको छ । घटनाबारे थप छानबिन भइरहेको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार