चितवन, चैत्र २६ । पूर्वी चितवनको कुमरोज वनमा बाघले आक्रमण गरेका ब्यक्तिको शव फेला परेको छ । खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको थियो । उनको शव सवा ११ बजे जितपुरघाटमा भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे घाँस काट्न गएका ६२ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको थियो । बेपत्ता भएका धमलाको खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार