रौतहट, बैशाख ३ । बारा जिल्लास्थित सशस्त्र प्रहरीको गस्ती टोलीले चाँदीका विभिन्न गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिनबहादुर ठाडाको कमान्डमा गएको टोलीले स्थानीय पचरौता नगरपालिका-६ पकडियामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेको भारतीय नागरिकलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला झाँझरा पंचायत ३ बडहर्वाका २८ वर्षीय शैलेस साह रहेको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनीका डिआइजी गणेश ठाडा मगरले बताएका छन् ।

भारतीय नागरिक साहको साथबाट एक किलो दुई सय ग्राम चाँदीका विभिन्न प्रकारको तयारी गहना बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि साहलाई जिल्ला प्रहरी कार्यालय कलैया बाराको जिम्मा लगाइएको डिआइजी मगरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार