कर्णाली, बैशाख ८ । कर्णाली प्रदेशमा ६६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कुल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाएको जानकारी दिए। साथै एक लाख ४० हजार १८८ जनाले थप मात्रा समेत लगाएको उनले जानकारी दिए ।

उनले मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताए । उनले कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिएको बताए ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाएको जानकारी दिए । रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार