धादिङ, बैशाख ११ । धादिङको थाक्रेमा बस र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका–७ जुगेखोलामा बस र कार ठोक्किँदा कारमा सवार ५ जनाको नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिएका छन् ।

दुर्घटनामा कारका चालक तनहुको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवालको मृत्यु भएको हो ।

बा। ५ ख ८४४३ नम्बरको बसले बाग्मती प्रदेश ०१–०२६ च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । बसमा सवार एक जना घाइते भएका छन् ।

ओभरट्याक गरेको कार ओरालोमा तीव्र गतिमा आएको बससँंग ठोक्किएको थियो । नेपाल घुम्न आएका उनीहरू पोखराबाट काठमाडौँ फर्किरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार