काठमाडौँ, बैशाख १७ । काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित शनिबार बिहान दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।

सडकमा शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार