रौतहट, वैशाख ३० । रौतहटको यमुनामाई गाउँपालिकामा मतपेटिका लुटिएको छ । यमुनामाई गाउँपालिकाको वडा नम्बर १ को चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको हो ।

यमुनामाईमा जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटक-पटक झडप भएको थियो । मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही स्थानीयहरुले मतपेटिका लुटेर लगेका हुन् ।

मतदान सकिएपछि सिलबन्दी गर्ने क्रममा मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार