चितवन, जेठ १८ । सवारीसाधनको ठक्करबाट चितवनमा एकजनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिएका छन् ।

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम पनि खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार