चितवन, असार ४ । रत्ननगरको गणेशचोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्वपश्चिम् राजमार्ग अन्तर्गत रत्ननगर वडा नं. ९ गणेश चोकमा टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले साइकलयात्रीलाई बिहान ४ बजेर ५५ मिनेटमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रत्ननगर वडा नं. १० का ३७ वर्षिय उमेश दराईको उपचारको क्रममा विहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दराईलाई ठक्कर दिएर ट्रक र चालक फरार भएका थिए । दराईको मृत्यु पश्चात् स्थानीयले पुर्वपश्चिम् राजमार्ग अबरुद्ध गरेका थिए । रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाको रोहवरमा बिहान ९ बजे अबरुद्ध भएको राजमार्ग खुलेको छ ।

ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार