असार ९ । रुसी फौजले युक्रेनी फोटोपत्रकार माक्सिम लेभिनको ‘विभत्स’ हत्या गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

सञ्चारकर्मीको अधिकारका लागि स्थापित अन्तर्राष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) द्वारा जारी १६ पृष्ठ लामो प्रतिवेदनमा आक्रमणकारी रुसी सेनाले लेभिनलाई मार्च १३ मा गोली हानी हत्या गरेको उल्लेख छ ।

रुसी फौजले उनीसँगै उनका साथी ओलेक्सेई चेर्निसोभको पनि हत्या गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरु १३ मार्चबाट नै बेपत्ता थिए । उनीहरुको शव अप्रिल १ मा राजधानी किभको उत्तरी क्षेत्रमा फेला परेको थियो ।

‘रुसी फौजविरुद्ध प्रमाणहरु प्रचुर छन् ।’ प्रतिवेदनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार