पाँचथर, असार १८ । अविरल वर्षापछि आएको पहिरोमा पुरिएर पाँचथरको फालेलुङ गाउँपाकिामा तीनजना बेपत्ता भएका छन् ।

फालेलुङ गाउँपालिका–७ मामा रहेको दलबहादुर मगरको घर पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका हुन् ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपानेका अनुसार पहिरोमा दलबहादुरका ४२ वर्षीय छोरा रुपलाल मगर, ३८ वर्षीया बुहारी गोमा मगर र १९ वर्षीया भतिजी एलिसा मगर बेपत्ता भएका हुन् ।

दलबहादुरलाई भने स्थानीयले तत्कालै उद्वार गरेका थिए । शुक्रबार राति १० बजे उनीहरुलाई पहिरोले पुरेको थियो । उद्वारका लागि स्थानीय र सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

पहिरोले पुरेको स्थानमा दुई थान मोवाइल भेटिए पनि बेपत्ता मानिस नभेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार