काठमाडौँ, साउन २० । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोकिएसँगै पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकले ४ मंसिरमा मा हुने निर्वाचनमा तालमेल र सिट बाँडफाँड गर्नका लागि आवश्यक गृहकार्य गर्न कार्यदल गठन गर्ने तयारी गरेको बताइएको छ ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् । प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार