साउन २३ । नयाँ नेपाली फिल्म ‘झिँगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ । ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्मको ट्रेलर आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा परिवारभित्रको प्रेम र द्वन्द्वलाई देखाइएको छ । भिमनिधि तिवारीको कथामा आधारित फिल्ममा मुकुन भुषाल, कुशल बिष्ट, केकी अधिकारी, आँचल शर्मा, आयान खड्का, अभय बराल हिउवाला गौतम लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

भिमनिधि तिवारीको कथामा आधारित फिल्मको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । जसको निर्माण कपनगडी सिनेमा तथा फिल्म क्रु नेपाल ब्यानरबाट भएको हो । सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेको फिल्ममा मुकुन र कुशल दाजुभाइको भूमिकामा देखिएका छन् भने केकी र आँचल देउरानी, जेठानीको भूमिकामा देखिएका छन् ।

पारिवारिक कथामा आधारित फिल्म भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार