भदौ १६ । ‘प्रेमगीत ३’ को नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको छ । बिहीवार फिल्मको हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको केही घण्टापछि नेपाली ट्रेलर पनि सार्वजनिक गरिएको हो । ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको नेपाली ट्रेलर २ मिनेट ११ सेकेण्डको छ ।

राजयोगमा जन्मिएको ‘प्रेम’ नामक पात्रको जीवनमा ुगीतु नामक युवतीको प्रवेश भएपछि आउने विभिन्न उतारचढाव फिल्मको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । ट्रेलरमा प्रेम नामक पात्रलाई राजयोग र प्रेमयोगमध्ये एक रोज्नुपर्ने बाध्यता देखाइएको छ । प्रेमको भूमिकामा अभिनेता प्रदीप खड्का छन् भने गीतको भूमिकामा डेब्यू अभिनेत्री क्रिष्टिना गुरुङ छिन् ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, मनिष राउत, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, जीवन भट्टराई, योगिशा खत्री, राज थापा, क्रिजन गौतमलगायतका कलाकारहरूको पनि अभिनय छ ।

सन्तोष सेनको निर्माण रहेको फिल्मलाई राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानले खिचेका हुन् । स्वर्गीय छेतन गुरुङ र मन्दिप गौतमको लेखन रहेको ‘प्रेम गीत ३’ ढुंगेयुगको कथामा निर्माण भएको हो ।

दशैंको छेको पारेर असोज ७ गतेदेखि नेपालमा र भारतमा फिल्म एकसाथ प्रदर्शन हुन लागेको हो । साउथका चर्चित कलाकारहरूले अभिनय गरेको फिल्मको हिन्दी डबमा स्वर दिएका प्राविधिकहरूले नै ‘प्रेमगीत ३’को हिन्दी डबिङ गरेका छन् ।

फिल्म यतिबेला दर्शकमाझ प्रतिक्षित छ । नेपाली फिल्म हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन लागेको ‘प्रेम गीत ३’ नै पहिलो हो । यतिबेला अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन फिल्मको प्रचारप्रसाका लागि मुम्बईमै छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार