भदौ २५ । ब्राजिलको मिनेरोसबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ १९ वर्षीया युवतीले जुम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् तर बाबु भने फरक रहेका छन् । सन्तान जन्मेको ८ महिनापछि डिएनए परीक्षण गर्दा यस्तो खुलासा भएको हो । डाक्टरहरुका अनुसार यो केस एकदमै दुर्लभ हो र विश्वमा मात्रै २० वटा यस्ता केसहरु पुष्टि भएका छन् ।

डिएनए परीक्षणमा खुलासा भएपछि आमाले एकै दिन दुई पुरुषसँग सम्बन्ध भएको बताएकी छन् । तर, गर्भावस्थामा दुवै बच्चाका बाबु फरक–फरक छन् भन्ने थाहा थिएन । आमाका अनुसार छोराछोरी उस्तै देखिन्छन् अर्थात् समान जुम्ल्याहाजस्ता रहेका छन् ।

जन्मिएपछि बच्चाका बाबुको पहिचान पुष्टि गर्न युवतीले पहिले पुरुषको डीएनए परीक्षण गराएकी थिइन् । अनुसन्धानमा पुरुषको डिएनए एक बच्चासँग मात्र मिलेको थियो, जसले सबैलाई चकित बनाएको थियो। यसपछि युवतीले दोस्रो पुरुषको डीएनए परीक्षण गराएकी थिइन्, जसको डिएनए अर्को बच्चासँग मिलेको थियो ।

यसलाई विज्ञहरुले हेटरोपरेन्टल सुपरफेकुनडेसन (Heteroparental superfecundation) भएको बताएका छन् ।

यसलाई उनीहरुले दुर्लभ अवस्था भएको बताउदै दुई जुम्ल्याहा बच्चामा फरक(फरक पिताको डीएनए पाइने बताएका छन् । महिलाका डाक्टर टुलियो जर्ज फ्रान्कोले हेटेरोपेरेन्टल सुपरफर्टिलाइजेसनको अवस्थामा आमाको शरीरमा रहेको अण्डालाई दुई फरक पुरुषले निषेचित गर्ने बताएकी छन् । यही कारण दुवै बच्चाको डिएनए एकै नभएको हो ।

सरल भाषामा आमाको शरीरले हरेक महिना दुईवटा अण्डा निस्कन्छ । विभिन्न बाबुको शुक्रकीटबाट निषेचित भए पनि सन्तान जुम्ल्याहा हुन्छन् । तर, बच्चाहरू आमाको गर्भमा छुट्टै नाभीसँग जोडिएका हुन्छन् । आमाको जीन दुवै सन्तानमा एउटै हुन्छ, तर बाबुको आनुवंशिक सामग्री फरक–फरक रहदा यस्तो हुने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार