काठमाडौं, असोज २ । गायिका रानी शाक्यले नयाँ गीत सार्वजनिक गरेकी छन् ।

उनले ‘म गुनासो के को गरुँ’ बोलको गीत सार्वजनिक गरेकी हुन् । मनभित्र गुम्सिएका भावनाहरू पोखिएको गीतको भिडिओमा अभिनेता धिरेन शाक्य र पूर्वमिस नेपाल उषा खड्गीलाई देख्न सकिन्छ ।

राजेश शाक्यको शब्द रहेको गीतमा कल्याण सिंहको संगीत छ । गीतको भिडिओलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् । उत्तम हुमागाईंले छायांकन गरेको गीतको भिडिओलाई माधव बेलवासेले सम्पादन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार