चितवन, असोज १२ । मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ । ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा कलाकारहरू रमेश रानामगर, सनम आलेमगर, ईश्वर रानामगर, स्रष्टी थापामगर, प्रीज्मा आलेमगरलगायतका कलाकारहरूले अभिनय गरेका छन् । मनोज लामा र रेनु तामाङको निर्देशनमा बनेको गीतको भिडियोको छायांकन तथा सम्पादन भने घना गुरूङले गरेका हुन् ।

सर्जक दिवान किनारको शब्द/संगीतमा तयार भएको गीतमा पवन रानामगर र देवी घर्तीमगरको आवाज सुन्न सकिन्छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र अमृता थापा रानामगर, प्रेमकुमारी आलेमगर, तुलमान गुरूङ र देवेन्द्र रानामगरको संयुक्त लगानीमा निर्माण भएको हो ।

रमेश रानामगर, ईश्वर रानामगर, आशिक रानामगर, सनम आलेमगर, प्रीज्मा आलेमगर, बलबिक्रम थापामगर, भीमबहादुर थापामगर, देवी थापामगर, प्रेमकुमारी आलेमगर, मिलन पाटामगरलगायतका कलाकारहरूको यस चलचित्रमा मुख्य अभिनय छ ।

चितवनका सञ्चारकर्मी एवम् पत्रकार रमेश रानामगरको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा घना गुरूङले छायांकन तथा सम्पादन गरेका हुन् । चलचित्रलाई रफ्तार मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चितवनबाट निर्मित मगर संस्कृतिमा आधारित पहिलो चलचित्र हो । यो चलचित्र चितवनका केही स्थानमा प्रदर्शन भइसकेको छ भने केही स्थानमा प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक एवम् नायक रमेश रानामगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार