असोज १६ । गर्मीयाममा कोल्ड ड्रिंक्स धेरैको रोजाइमा पर्नेगर्छ, विशेषगरी दसैँ, तिहार लगायतका चाडबाडमो यस्ता खानेकुराको प्रयोग धेरै हुने गरेको छ ।

तर, स्वास्थ्यका दृष्टिकोणले कोल्ड ड्रिंक्स त्यति लाभदायक हुँदैन । तत्कालका लागि स्वादिलो र शीतल हुने भएपनि यसले पार्ने दीर्घकालिन असर धेरै भएको अध्ययनहरूले देखाएका छन् ।

विशेषगरी कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिड र चिनीको मात्राले शरीरमा नकारात्कमक असर पुर्‍याउँछ । यस्ता पेय पदार्थमा हुने सोडा, र चिनीको मात्राले शरीरको तौल बढाउने गर्दछ भने यसमा हुने ग्लुकोजको अधिक मात्राले कलेजोमा फ्याटी लिभरको सम्भावना बढाउँछ ।

त्यस्तै, कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिडले हड्डीमा भएको क्याल्सियमलाई ह्रास गराउँदै लैजाने, तुहाउने काम गर्दछ, जसको असरस्वरूप हड्डी खिइने समस्या निम्तिनसक्ने क्लिनकल न्युट्रेसनिस्ट प्रतिमा सेन बताउँछिन् ।

साताको दुईपटककभन्दा बढी कोल्ड ड्रिंक्स पिउने व्यक्तिमा प्यान्क्रियाटिक क्यान्सरको जोखिम बढी हुन्छ । त्यस्तै, यसको अधिक प्रयोगले रगतमा युरिक एसिडको मात्रा बढाउने र विस्तारै स्मरण शक्ति ह्रास हुँदै जाने पनि विभिन्न अध्ययनहरूले देखाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार