कात्तिक ७ । रुद्रप्रिया, राज्जा रानी, दुलही, तीन घुम्तीमा आदि फिल्मका निर्माता रमेश एमके पौडेल निर्देशनमा बनेको पहिलो नेपाली फिल्म ‘तिम्रो मेरो साथ’ को पोस्टर सार्वजनिक भएको छ ।

तिहारको अवसर पारेर सार्वजनिक गरिएको फिल्मको पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह तथा पुष्प खड्कालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा स्विमसुटमा सजिएकी साम्राज्ञीलाई पुष्पले बोकिरहेको देख्न सकिन्छ ।

यो फिल्म आगामी पुस २९ गतेदेखि नेपालभरका सिनेमा हलमा रिलिज हुनेछ । यो फिल्ममा सन्दीप क्षेत्री, खड्क बहादुर पुन खबपु, इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

रातो टीका निधारमापछि यो फिल्म अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको हलमा रिलिज हुने पहिलो फिल्म हो । ‘तिम्रो मेरो साथ’मा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ ।

आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन ।

तिम्रो मेरो साथमा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको यो फिल्ममा योगेश काजीको संगीत सुन्न सकिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार