इस्लामावाद, कात्तिक २० । पाकिस्तान सरकारले पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी एण्ड अथारिटी (पीइएमआरए) लाई पीटीआई अध्यक्ष इमरान खानको प्रेस सम्मेलनको प्रसारण वा पुनः प्रसारणमा च्यानलमाथि लगाइएको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

सूचना मन्त्री मरियम औरंगजेबको कथनलाई उद्धृत गर्दै डनका अनुसार प्रधानमन्त्री सहबाज सरिफले संविधानको धारा १९ (वाक स्वतन्त्रता) अन्तर्गत कानुनी आवश्यकताहरूको निरन्तर कार्यान्वयन सुनिश्चित गर्न मिडिया वाचडगलाई आदेश दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ कि प्रतिबन्ध हटाउने निर्देशन पीइएमआरए अध्यादेश सन् २००२ को धारण ५ अन्तर्गत दिइएको थियो ।
“प्रधानमन्त्रीले इमरान खानको पालाको तीतो परम्पराको अन्त्य गरेर नयाँ परम्परा स्थापित गरेका छन्, सूचना मन्त्री औरंगजेबले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार