मंसिर २ । गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

इजरायल र इजिप्टको सीमा क्षेत्रमा रहेको शिविरको भवनमा आगलागी भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । आगलागीमा परेर मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ ।

१० बालबालिकासहित आगलागीमा परेर २१ जनाको मृत्यु भएको हो । कयौं घाइतेलाई उद्धारपछि उपचारका लागि लगिएको समाचारमा जनाइएको छ ।

प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार