मंसिर ७ । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्को र क्रोएसियाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बायत स्टेडियममा बुधबार भएको खेलमा मोरक्को र क्रोएसियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर पाएको थियो । तर, गोल गर्न सकेनन् ।

साविक उपविजेता क्रोएसियाले बलमा पकड जमाएको थियो । तर, थुप्रै अवसर सिर्जना गरेपनि क्रोएसिया गोल गर्न सफल भयो । यस बराबरीसँगै क्रोएसियाले पहिलो खेलमा १ अंक जोडेको छ ।

समूह ‘एफ’ मा रहेको क्रोएसिया शीर्ष स्थानमा रहेको छ । मोरक्को १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यसै समूहको अर्को खेलमा बेल्जियम र क्यानडाबीच आजै प्रतिस्पर्धा हुनेछ । बेल्जियम र क्यानडाबीचको खेल राति पाैने १ बजे सुरु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार