मंसिर ७ । । कतारमा जारी फिफा विश्वकप फुटबलमा अहिले जर्मनी र जापानबीच प्रतिस्पर्धा भईरहेको छ ।

खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी पहिलो हाफको खेल सकिदा जर्मनीले १-० गोलको अग्रता बनाएको छ । खेलको ३३ औं मिनेटमा इल्के गुन्डोगानले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई १-० को अग्रता दिलाएका हुन् ।

जापानी गोलकिपर शुइची गोन्डाले जर्मनीका डिफेन्डर डेभिडलाई पेनाल्टी क्षेत्रभित्र फउल गर्दै लडाएपछि जर्मनीले पेनाल्टी पाएको थियो । जसमा गुन्डोगानले सहजै गोल गरे ।

यस्तै पहिलो हाफको इन्जुरी समयमा जर्मनीका काइ हार्भट्जले गोल गरेका थिए । तर, भीएआरले उनको गोललाई अफसाइड देखाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार