मंसिर ८ । कतार विश्वकपमा क्यानडालाई पराजित गर्दै बेल्जियमले विजयी सुरुआत गरेको छ ।

बुधबार राति अहमद बिन अलि स्टेडियममा बेल्जियमले क्यानडालाई १–० गोल अन्तरले पराजित गरेको हो । बेल्जियमको जितका लागि मिसी बात्सुयीले गोल गरे ।

खेलको ४४ औं मिनेटमा एल्डरवेइरेल्डको पासमा उनले निर्णायक गोल गरेका हुन् । त्यसअघि क्यानडा पेनाल्टीमा चुक्दा सुरुआती अग्रता बनाउन असफल भएको थियो ।

खेलको ११ औं मिनेटमा क्यानडाका अल्फन्सो डाभिसको पेनाल्टी बेल्जियमका गोलकिपर कोर्टुवाले बचाउ गरेका थिए । जितसँगै समूह ‘एफ’ को बेल्जियमले पहिलो खेलमै ३ अंक जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार