चितवन, मंसिर ८ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नं १ (क) मा नेकपा एमालेका उमेदवार जगनाथ थपलिया विजयी भएका छन् । तर उनको बिजयी भने घोषणा गर्नै बाँकी रहेको छ ।

उनले लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार किरण भुषण ओलीलाई ६ हजार ९ सय ७६ मत अन्तरले पराजित गरेका हुन् । थपलियाले १७ हजार ६ सय ८८ मत प्राप्त गर्दा ओलीले १० हजार ७ सय १२ मत प्राप्त गरे ।

स्वतन्त्र उम्मेदवार धनवहादुर गुरुगंले ६ हजार २ सय ६५ मत प्राप्त गर्दा राप्रपाका रिम नाथ कंडेलले ४ हजार ६ सय मत प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार