रत्ननगर ३ मा समाजबादीको वडा कमिटी गठन

रत्ननगर । नेकपा एकीकृत समाजबादी पार्टीले रत्ननगर ३ मा शनिवार वडा कमिटी गठन गरेको छ । शान्तिचोकमा आयोजना गरिएको कार्यकर्ता भेलाले अशोक भूषालको अध्यक्षतमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा सुनिल चौधरी,सचिवमा गोविन्द अर्याल र सह सचिवमा सुसन श्रेष्ठ चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद खनालले सो कमिटीका अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।

सो अबसरमा उनले समाजबादी पार्टीमा आर्कषण बढ्दै गएको बताए । उनले आगामी तीनै तहको निर्वाचनमा समाजबादीले सम्मानजनक जीत हासिल गर्ने बताए । कार्यक्रममा तीन जना विभिन्न पार्टी परित्याग गरी समाजबादीमा प्रवेश गरेका छन् । कार्यक्रममा पुराना कम्युनिष्ट नेता कमल भूषाल,समाजबादीका जिल्ला सचिव कुल प्रसाद लामिछाने,जिल्ला सदस्यहरु रामशरण कुँवर,राजेन्द्र हमाल,नगर अध्यक्ष बद्रिनाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.