पुस ७ । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका खेलाडीहरु प्रशिक्षणमा फर्किएका छन् ।
युनाईटेडले मंगलबारबाट खेलाडीहरु प्रशिक्षणमा फर्किएको जनाएको छ । खेलाडीमा कोरोना देखिएपछि युनाईटेडको प्रशिक्षण रोकिएको थियो । गत हप्ता युनाईटेडका खेलाडी र पदाधिकारीलाई कोरोना देखिएको थियो ।
खेलाडीमा कोरोना देखिएपछि प्रिमियर लिग अन्तर्गत युनाईटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको थियो ।