विद्यार्थीले शुक्रबार त्रिवि केन्द्रीय क्याम्पस बन्द गर्ने

काठमाडौं, पुस ८ । करारमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय सच्याउन माग गर्दै सरकार आबद्ध संयुक्त विद्यार्थी संगठनले आन्दोलनलाई थप कडा पार्ने निर्णय गरेका छन् । ६ विद्यार्थी संगठनले भोलि पुस ९ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस बन्द गर्ने घोषणा गरेका छन् ।

संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले त्रिवि सभाको मंसिर १४ गतेको बैठकले गरेको निर्णयविरुद्ध आन्दोलन गर्ने निर्णय गरेका हो । नेपाल समाचारपत्रमा खबर छ ।

शेयर गर्नुहोस्ः
Facebook
Twitter
LinkedIn
WhatsApp
Email
Skype
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.